जबरजस्ती करणीदेखि अबैध काठ ओसारपसार मुद्दामा फरार रहेका १९ जना तनहुँ प्रहरीद्वारा पक्राउ

जबरजस्ती करणीदेखि अबैध काठ ओसारपसार मुद्दामा फरार रहेका १९ जना तनहुँ प्रहरीद्वारा पक्राउ

pakrau

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका १९ जना व्यक्ती पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा विगत १ वर्ष देखी फरार रहेका जिल्लाको शुक्लागण्डकी-१ थप्रेक बस्ने वर्ष ४९ को सुक बहादुर दमाईलाई प्रहरी पक्राउ गरेको छ । दमाईमाथि तनहुँ जिल्ला अदालतको मिति २०७६ असार २३ गतेको फैसलाले ५ वर्ष कैद तोकेको छ ।

त्यस्तै अबैध सालको काठ ओसार पसार मुद्दामा ७ वर्षदेखी फरार रहेका जिल्लाको शुक्लागण्डकी-१ थप्रेक बस्ने वर्ष ३० को निरज सुनारमाथी तनहुँ जिल्ला अदालतको मिति २०७० चैत ८ गतेको फैसलाले १ वर्ष कैद तोकेको छ ।

यसैगरी सवारी ज्यान मुद्दामा ५ जना, जालसाजी मुद्दामा ३ जना, लुटपिट ३ जना, सम्बन्ध बिच्छेद २ जना, बहुबिवाह १ जना, कुलोपानी खिचोला १ जना, लिखत बेईजती १ जना र घरेलु हिसां १ गरी जम्मा १९ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

गत गत पुस ५ गते देखी आइतबारसम्म विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ गरि उनीहरुबाट तोकिएको ६ वर्ष ७ दिन कैद र रु ८,७६१ जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ