चिनियाँ टोलीको नेपालका नेतासँग के कुराकानी भयो ? चीन सरकार यसो भन्छ

चिनियाँ टोलीको नेपालका नेतासँग के कुराकानी भयो ? चीन सरकार यसो भन्छ

china-toli-1-1-1

चीनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डलको चार दिने भ्रमण दुई पक्षबीचको सम्बन्ध अझ बलियो बनाउन भएको बताएको छ । सत्तारुढ दल नेकपाभित्रको विभाजन मिलाउनका लागि चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको भए पनि चीनले भने स्पष्ट रुपमा त्यो कुरा खुलाएको छैन ।

बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनमिनले चिनियाँ प्रतिनिधिमण्डल र नेपालका राजनीतिक दलबीच भएको भेटघाटमा दुई देशबीचको आपसी हित र सम्बन्ध सुदृढीकरणका बारेमा कुरा भएको बताएका हुन् ।

चार–दिने नेपाल भ्रमण पुरा गरी सो टोली फर्केको भोलिपल्ट चीन सरकारले त्यसबारे जानकारी सार्वजनिक गरेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको सो प्रतिनिधिमण्डलले भ्रमणका क्रममा नेपालका सत्तारुढ र विपक्षी दलका नेताहरुसँग भेट गरी विभिन्न आपसी विषयमा छलफल गरेको चीनका प्रवक्ता वाङ वेनबिनले बताएका छन्। ‘उनीहरुले पार्टीहरुबीचको अन्तरक्रिया, बीआरआई अन्तर्गतको सहयोग र आपसी चासोका अन्य विषयमा छलफल गरेका छन्,’ वाङले भनेका छन्।

उनले नेपाली पक्षले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १००औं स्थापना वर्षका अवसरमा बधाई दिएको जानकारी दिए । नेपालले दुई देशबीचको सम्बन्ध अझ बलियो पार्नेमा जोड दिएको उनको भनाइ थियो ।

सत्तारुढ दल नेकपा विभाजित भएको बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली अपर्झट चार दिने नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्णरुपमा लिइएको थियो। त्यसबारे अहिले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमैं समेत चर्चा भइरहेको छ।

राजनीतिक रुपमा विभाजित नेकपाको एकता कायम राख्न अन्तिम प्रयासस्वरुप चिनियाँ टोली आएको भनी बिभिन्न अड्कलबाजी भइरहेका बेला त्यसबारे भने चिनियाँ प्रवक्ताले कुनै टिप्पणी गरेनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds