चीनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डलको चार दिने भ्रमण दुई पक्षबीचको सम्बन्ध अझ बलियो बनाउन भएको बताएको छ । सत्तारुढ दल नेकपाभित्रको विभाजन मिलाउनका लागि चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको भए पनि चीनले भने स्पष्ट रुपमा त्यो कुरा खुलाएको छैन ।
बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनमिनले चिनियाँ प्रतिनिधिमण्डल र नेपालका राजनीतिक दलबीच भएको भेटघाटमा दुई देशबीचको आपसी हित र सम्बन्ध सुदृढीकरणका बारेमा कुरा भएको बताएका हुन् ।
चार–दिने नेपाल भ्रमण पुरा गरी सो टोली फर्केको भोलिपल्ट चीन सरकारले त्यसबारे जानकारी सार्वजनिक गरेको हो।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको सो प्रतिनिधिमण्डलले भ्रमणका क्रममा नेपालका सत्तारुढ र विपक्षी दलका नेताहरुसँग भेट गरी विभिन्न आपसी विषयमा छलफल गरेको चीनका प्रवक्ता वाङ वेनबिनले बताएका छन्। ‘उनीहरुले पार्टीहरुबीचको अन्तरक्रिया, बीआरआई अन्तर्गतको सहयोग र आपसी चासोका अन्य विषयमा छलफल गरेका छन्,’ वाङले भनेका छन्।
उनले नेपाली पक्षले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १००औं स्थापना वर्षका अवसरमा बधाई दिएको जानकारी दिए । नेपालले दुई देशबीचको सम्बन्ध अझ बलियो पार्नेमा जोड दिएको उनको भनाइ थियो ।
सत्तारुढ दल नेकपा विभाजित भएको बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली अपर्झट चार दिने नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्णरुपमा लिइएको थियो। त्यसबारे अहिले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमैं समेत चर्चा भइरहेको छ।
राजनीतिक रुपमा विभाजित नेकपाको एकता कायम राख्न अन्तिम प्रयासस्वरुप चिनियाँ टोली आएको भनी बिभिन्न अड्कलबाजी भइरहेका बेला त्यसबारे भने चिनियाँ प्रवक्ताले कुनै टिप्पणी गरेनन् ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर