१० महिनापछि खुल्ने भयो मुक्तिनाथ मन्दिर

१० महिनापछि खुल्ने भयो मुक्तिनाथ मन्दिर

muktinath

File Photo

कोरोना महामारीका कारण विगत १० महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुल्ने भएको छ । हिमाली जिल्ला मुस्ताङको एकमात्र गहना एवं सबैको साझा सम्पत्ति मुक्तिनाथ मन्दिर खुलाउन सम्पूर्ण स्थानीयबासी सकारात्मक भएपछि यही पुष २१ गतेबाट खुल्ने भएको हो ।

जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायहरु र मुक्तिनाथका स्थानीयबासीहरुको ऐक्यबद्धतामा मुक्तिनाथ खुल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि ढोका खुलेको हो । छिमेकी जिल्लाहरुका विभिन्न निकायहरुको चर्को दबाब तथा जिल्ला प्रशासन कार्यालयको सकारात्मक पहलबाट यो काम सम्भव भएको हो ।

विशेष गरी वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाले गरेको उदाहरणीय कार्यले अब भने मुक्तिनाथबासी आ–आफ्नो व्यापार व्यवसायमा फर्किने भएका छन् ।

आज बसेको सर्वदलीय बैठकद्वारा मुक्तिनाथ मन्दिर खुलाउनका लागि ४ बुँदे समझदारी भएको हो । अन्ततः गहन छलफल र निस्कर्षबाट मुक्तिनाथ मन्दिर खुलाउदा पालना गर्नुपर्ने चार वटा बुँदामा निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ