पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो सहरी विकासमन्त्री साहको गाडी

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो सहरी विकासमन्त्री साहको गाडी

prabhu shah

सहरी विकासमन्त्री प्रभु साहको गाडीले सवार गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको छ। मन्त्री साह सावार १ झ ३८४२ नम्बरको जिपले शनिबार सर्लाहीको हरिवनमा लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको हो।

उनी सडकमा पैदल हिँडिरहेका बेला मन्त्री साहको गाडीले ठक्कर दिएर भागेको हो। मन्त्रीको गाडीको ठक्करबाट घाइते भएका तामाङको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको उनकोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरे । ‘मन्त्री ज्यू चढेको जिपले नै ठक्कर दिएको रहेछ, यसबारेमा माथि जाहेर गरिसकेका छौं,’ उनले भने, ‘घाइतेको उपचार भइरहेको छ, उनको अवस्था सामान्य छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ