काठे पुलबाट खसेर बालक बूढीगण्डकी नदीमा बेपत्ता

काठे पुलबाट खसेर बालक बूढीगण्डकी नदीमा बेपत्ता

dubeko

गोरखाको चुमनुब्री गाउँपालिका–५ का एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् ।घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो ।

सो दिन बिहान करीब १०:३० बजे गाउँपालिका–४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन् ।

बूढीगण्डकीमाथि दुई मुढा तेस्र्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासि नदीमा खसेको बुबा मिङ्युर दोर्जेले जानकारी दिए । ‘काठे पुलमा एकैचोटि दुई जना तर्न नमिल्ने भएकाले म पहिले पुल तरेर पारि गएँ’, उनले भने, ‘छोरो पछिपछि आउँदै थियो तर एक्कासी नदीमा खस्यो ।’

छोरा नदीमा खसेपछि बचाउन भनी आफू पनि बूढीगण्डकीमा हेलिए पनि भेटाउन नसकेको र पानीले आफूलाई धेरै तल पुर्‍याएर पाखामा हुत्याई दिएपछि बाँचेको उनले बताए ।

रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds