नयाँ स्वरुपको कोरोना भाइरस तीव्र रुपमा फैलिन नरोकिएपछि बेलायत सरकारले फेरि देशव्यापी लकडाउन घोषणा गरेको छ।
मंगलबारदेखि बेलायतमा लकडाउन लागू भएसँगै स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्ड समेत सिंगो बेलायत नै लकडाउनमा गएको छ।
सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा लकडाउन घोषणा गरेका हुन्। बेलायतमा देशव्यापी लकडाउन गरिएको यो तेस्रोपटक हो। पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन ३ महिनाभन्दा लामो समय कायम राखिएको थियो। दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो। डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो।
नयाँ लकडाउन घोषणाका क्रममा प्रधानमन्त्री जोन्सनले अत्यावश्यक क्षेत्रमा कार्यरत ‘कि वर्कर’ र निर्माण क्षेत्रमा कार्यरत कामदारबाहेक अरु सबैलाई घरबाटै काम गर्न आव्हान गरेका छन्।
खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको सहयोग गर्न, उपचार वा कोभिड परीक्षण गर्न बाहेकका अवस्थामा घर नछोड्न प्रधानमन्त्रीले आग्रह गरेका छन्।
मंगलबारदेखि नै स्कुल, कलेजहरु बन्द गरी सबै कक्षा अनलाइनमा सिमित गरिने उनले घोषणा गरेका छन्।
नयाँ स्वरुपको भाइरसको संक्रमण ५० देखि ७० प्रतिशतका दरले फैलिरहेको भन्दै सरकारका वैज्ञानिक सल्लाहकारहरुले थप प्रतिबन्धको सल्लाह दिएका थिए। तत्काल कडा कदम नचालिए अबको तीन सातामै देशको स्वास्थ्य सेवाले थेग्न नसक्ने भार सिर्जना हुने खतरा रहेकाले लकडाउन लागू गरिएको प्रधानमन्त्री जोन्सनले स्पष्ट पारे।
सम्बन्धित खबर
इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन राजदूतावासको आग्रह
भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना, चालकसहित सात जनाको मृत्यु
अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
एयर इन्डियाको जहाजमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण
इरानमाथि इजरायलको आक्रमण, आपतकाल घोषणा
भोलिदेखि मुग्लिन–मलेखु सडकखण्ड रातिमा बन्द हुने
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ