बागलुङमा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते

बागलुङमा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते

accident pic symbol

photo accident symbol

बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका-२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जिप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

गलकोट बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्।

घाइते सातै जनालाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ