बर्षेनी ६० हजार घुम्ने मुस्ताङमा जम्मा ५ हजार !

बर्षेनी ६० हजार घुम्ने मुस्ताङमा जम्मा ५ हजार !

Mustang-bus

एसके थकाली, जोमसोम । कोभिड—१९ माहामारीले मुस्ताङ घुम्ने आन्तरिक तथा बाह्य पर्यटक घटेका छन् ।बर्सेनि आन्तरिक तथा बाह्य पर्यटक आवागमनले गुल्जार हुने मुस्ताङ २०२० मा भने सुनसान रह्यो ।

बर्सेनि ६० हजार विदेशीले मुस्ताङ भ्रमण गर्ने गरेको भए पनि सन् २०२० मा ४ हजार ९ सय ४७ मात्र यहाँ आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार मुस्ताङमा सन् २०१९ को तथ्याङ्क हेर्दा ५२ हजार ६ सय १८ विदेशी पर्यटक कम आएको देखिन्छ ।

एक्याप जोमसोम कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले २०२० को अघिल्ला ३ महिनामा ४ हजार ९ सय ४७ विदेशी यहाँ आएको जानकारी दिए । उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पनि ६० प्रतिशतले घटेका छन् । ५ हजार विदेशी पर्यटक पुग्ने उपल्लो मुस्ताङमा सन् २०२० का ३ महिनामा ६२ जनामात्र पुगेका छन् ।

उपल्लो मुस्ताङको फरक भूगोल, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रहनसहन अध्ययन र अवलोकन गर्न विदेशी पर्यटकले अध्यागमन विभागमा ५ सय डलर तिर्नुपर्छ । पछिल्लो समय म्याग्दी हँुदै मुस्ताङ सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटकको भीड लाग्ने गथ्र्याे । मुक्तिनाथ दर्शन गर्न आउने आन्तरिक पर्यटक उपल्लो मुस्ताङको कोरलानाकासम्म पुग्थे ।

थला परेको पर्यटन सन् २०२१ मा भने लयमा फर्किनेमा मुस्ताङका पर्यटन व्यवसायी आशावादी छन् । होटल ताजकी सञ्चालक तृष्णा गौचन मुक्तिनाथ खुलेसँगै पर्यटक आउनेमा आशावादी छिन् । मुस्ताङका होटल व्यवसायी मुक्तिनाथ खुलेपछि होटल बुकिङ सुरु भएको बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ