तनहुँ । लागुऔषध मुक्त युवा समाज निर्माण भन्ने मुल नाराका साथ अन्डर १४ फेस्टिवल २०७७ शनिबारदेखि देउरालीनगर खेलमैदानमा सूरु भएको छ ।
खेलको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरसभा सदस्य एवं एन्फा तनहुँका उपाध्यक्ष रबिन पौडेलले राष्ट्रिय खेलाडीहरुको लागु औषध मुक्त युवा समाज निर्माण अभियानमा सवै पक्षले सहयोग गर्नुपर्ने वताउँदै मादी तटमा बीच फुटवलको विकास गरी खेलकुद र पर्यटन संगसंगै लैजान राष्ट्रिय खेलाडीहरुलाई अनुरोध समेत गरे ।
रिभरसाईड युवा क्लवका प्रतियोगिता संयोजक एवं ए डिभिजन लिगका खेलाडि विश्व अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा मनाङ्ग मस्र्याङ्गदी क्वलका खेलाडी विमल राना, संकटा क्लवमा दिपेश आले,अर्डर क्वल भण्डारढीकका प्रशिक्षक सुवास तामाङ्ग,अलस्टारका प्रशिक्षक विकास श्रेष्ठ लगायतले फुटवलको विकासमा सवै एकसाथ लाग्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय स्तरका क्लवमा आवद्ध खेलाडिहरुले विगत १ वर्ष देखि प्रशिक्षण गराईरहेका तनहुँ र कास्किा गरी १० क्लवको फेस्टिवलमा सहभागिता रहेको छ ।
न्यु स्टार र हाइस्कुलटार बीच भएको उद्घाटन खेलमा न्यू स्टार १ गोलले विजयी भएको छ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस