तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ रहेका थिए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले घाइते वा बिरामीलाई सम्बन्धित उपचार केन्द्रमा पुर्याउन अघि बिरामीको थप स्वास्थ्य बिग्रन नदिन गरिने प्राथमिक स्वास्थ्य उपचारले नै बिरामीको जीवन जोगाउन सहयोग पुर्याउने बताए ।
साथै यस्ता खालका कार्यक्रमहरु विद्यालयमा मात्रै नभई समुदाय र टोलटोलमा जनचेतना जागृत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक तथा प्रशिक्षक कृष्णचन्द्र पाण्डे, रोटरी क्ल्ब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी, रोट्रयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष मनोज राउत, उपाध्यक्ष सुस्मा श्रेष्ठ, कार्यक्रम संयोजक श्रीराम गन्दर्भ, सहभागी विद्यालयका तर्फबाट सत्यवति माविका शिक्षक प्रमोद पौडेल लगायतकाले बोलेका थिए ।
सो प्रशिक्षण कार्यक्रममा व्यास नगरपालिका भित्रका ७ वटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थी सहभागी रहेका थिए ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस