पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानमा करिब ७५ प्रतिशत मत खसेको छ । संघको ३३ औं महाधिवेशनमार्फत नयाँ नेतृत्वका लागि आज विहान १० बजेदेखि अपराह्न ४ बजेसम्म भएको मतदानमा ७४.९८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । आज सम्पन्न मतदानको मतगणना भोलि विहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठका अनुसार कुल ३ हजार १ सय ५४ मत मध्ये शनिबार भएको मतदानमा २ हजार ३ सय ६५ मत खसेको छ । अपराह्न ५ बजेसम्म भनेपनि सो समयसम्म लाईनमा बसेकाहरुलाई साँझ ६ बजेसम्मै मतदान गर्न दिइएको निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए ।
मतदाता उद्योगी-व्यवसायीहरुले दिनभर लाईनमा बसेर मतदान गरेका थिए । मतदाताहरुले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसप्रति बेपर्वाह हुँदै मतदान गरे । उनीहरुले मुखमा मास्क लगाएपनि भौतिक दुरी कायम नगरी बाक्लो भीडकाबीच लाईन बसेर मतदानमा सहभागि भए ।
प्रचारकहरुको संख्या बढी देखिन्थ्यो । उनीहरुले आफूले समर्थन गरेका उम्मेदवारको फोटो घाँटीमा झुण्डाएर मत मागिरहेको देखिन्थ्यो । उनीहरुले मतदातालाई भौतिक दुरी कायम नगरी मत माग्नुका साथै उमेद्वारको ब्रोसर र पम्प्लेट, कार्डलगायत वितरण गरेका थिए ।
संघको बरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष पवन प्रजापति निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, एशोसियट सदस्यमा कोइराला प्यानलबाट उमेदवार भएका हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध चयन भइसकेका छन् ।
संघको नया नेतृत्वका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष नारायण कोईराला र वर्तमान उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोईराला सुवेदी प्यानलसहित चुनावी मैदानमा उत्रेका हुन् । संघको उद्योग उपाध्यक्षमा कोईराला प्यानलबाट चिनुकमारी गुरुङ र स्वतन्त्र उमेद्वार गोकर्ण कार्की चुनावी मैदानमा छन् । वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल उमेदवार छन् सुवेदी प्यानलबाट वर्तमान कार्यकारिणी सदस्य सोवित पौडेल उमेदवार छन् ।
संघको महासचिवमा कोईराला प्यानलबाट वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र सुवेदी प्यानलबाट धनीराम बराल उमेदवार बनेका छन् । उपमहासचिवमा कोईराला प्यानलबाट वर्तमान सदस्य केशवबहादुर खत्री र सुवेदी प्यानलले गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौला, कोषाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान सदस्य बलराम आचार्य तथा सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगाना उमेदवार छन् ।
संघको सदस्यका लागि कोईराला प्यानलबाट कुमारी मुना बास्तोला, दीनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला रहेका छन् ।
सुवेदी प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् । १० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो प्यानलबाट उमेदवारी घोषणा भएको छैन ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा