तातोपानी नाका २० दिनका लागि बन्द हुने

तातोपानी नाका २० दिनका लागि बन्द हुने

tatopani naka

माघ ७ देखि तातोपानी नाका ३ साता बन्द हुने भएको छ । मितेरी पुल पुनर्निर्माण गर्न  नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

हाल दैनिक १८ वटा कन्टेनरमार्फत नाकाबाट सामान भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ । पुल मर्मत गर्दा बाटोमा सामान नअड्कियोस भनेर मा छिटो-छिटो सामान ल्याउँदा भन्सारको राजश्व बढेर तीन सातामा १८ करोड पुगेको भन्सार कार्यालयले जनाएको छ ।

साउन देखि मंसिरसम्म १७ करोड राजश्व संकलन भएकोमा पुस महिनाको तीन सातामा १८ करोड राजश्व संकलन भएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ