पोखराबाट ७ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

पोखराबाट ७ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

balatkriit

पोखराबाट प्रहरीले ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई पोखरा महानगरपालिका–२६ चापाचौर बस्ने पुर्ण बहादुर थापा छन् ।

पुर्ण बहादुरले शनिवार आफ्नो डेरा नजिकै बस्ने बालिकालाई कोही नभएको मौका पारेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जिवन श्रेष्ठले बताए ।

बलात्कार आरोपी थापा पोखरामा ज्याला मजदुरी गर्थे । प्रहरीले उनलाई अदालतबाट जबर्जस्ती करणी मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

बालिकामाथि कुन हदसम्म दुव्र्यवहार भएको हो भन्नेबारे पीडितका आमाबुबासँग राखेर सोधपुछ गरिने एसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ