पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कोइराला

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कोइराला

Narayan-Koirala

पोखरा — पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट नारायण कोइराला अध्यक्षमा विजयी भएका छन् । उनले प्रतिस्पर्धी विन्दु कोइराला सुवेदीलाई पराजित गरेका हुन् । आइतबार राति गरिएको घोषणाअनुसार वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोध निर्वाचित भए ।

निर्वाचित नारायण कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गर्दा बिन्दुले ९ सय ६५ मत प्राप्त गरिन् । ३ हजार १ सय ५४ मतदातामध्ये मतदान प्रक्रियामा २ हजार ३ सय ६५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यसै गरी उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्की, वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री र कोषाध्यक्षमा बलराम आचार्य विजयी भए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ