पोखरामा अहिलेसम्मकै बढी तामझामका साथ पृथ्वीजयन्ती मनाइयो (भिडियो )

पोखरामा अहिलेसम्मकै बढी तामझामका साथ पृथ्वीजयन्ती मनाइयो (भिडियो )

Pritvi Jayanti

पोखरामा अहिलेसम्मकै बढी तामझामका साथ पृथ्वीजयन्ती मनाइएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पोखरामा २९९ औं पृथ्वीजयन्ती मनाइएको हो ।

पोखराको चिप्लेढुंगाबाट सुरु भएको र्‍यालीले पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा आएर सभामा परिणत भएको थियो । झाँकीसहितर्‍यालीका सहभागीहरूले राजा आउ देश बचाऊ, हिन्दू राष्ट्र कायम गर लगायतका नाराबाजी गर्दै पृथ्वीनारायण शाहको योगदानको स्मरण गरेका थिए ।

सभामा वक्ताहरूले मुलुकको समसामयिक परिस्थितिमा राजाको महसुस आवश्यक रहेको पनि बताएका थिए । सहभागीहरूले पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा सहित राजसंस्था पुनस्स्थापना र हिन्दुराष्ट्र कायम गर्न जोडदार माग गरेका छन् । पृथ्वीजयन्ती मनाउने क्रममा पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds