शुक्रबारदेखि सुरु भएको चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशलाई कठिन लक्ष्य प्रस्तुत गरेको आर्मीले उसलाई ९८ रनले हराएको हो।
टस जितेर ब्याटिङ रोजेको आर्मीले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा २८७ रन बनाएको थियो। २८८ रनको लक्ष्यका साथ मैदान पसेको गण्डकी १९० रनमा समेटियो। आर्मीको जितका लागि कप्तान विनोद भण्डारीले १११ रनको सतकीय इनिङ खेले। उनले ७६ बलमा १४ बाउन्ड्री प्रहार गरे।
त्यस्तै, राष्ट्रिय टिमका राजु रिजाल अर्धशतक बनाउनबाट पाँच रनले चुक्दा मध्यक्रममा आएका राजेश पुलामीले ३८ रन प्रहार गरे भने लोकेश बम ४२ रन बनाएर अन्तिम बलमा विदा भए।
यता गण्डकीका लागि विपिन कार्की र विशाल पौडेलले समान २–२ विकेट चट्काए। त्यस्तै दिपेश खत्रीले एक विकेट गिराए।
जितका लागि दुई सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा एक सय ८९ रन बनाउँदै अलआउट भयो । उसका लागि समीर कँडेलले ५० रन जोडे । त्यस्तै कप्तान विपिन खत्रीले अविजित ३७ र अर्जुन कुमालले ३६ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन ।
गण्डकीलाई एक सय ८९ रनमा रोक्न आर्मीका राजेश पुलामीले पाँच विकेट लिए । त्यस्तै भीम सार्कीले तीन तथा रोहित पौडेल र आकाश चन्दले एक–एक विकेट लिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु