६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पोखरा २६ बस्ने थापा पक्राउ

६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पोखरा २६ बस्ने थापा पक्राउ

balatkaari purna

जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पकाउ परेका छन् । गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल पोखरा माहानगरपालिका वडा नं २६ बस्दै आएका ६७ वर्षीय पूर्ण बहादुर थापा पक्राउ परेका हुन् ।

स्थानीय ६ वर्षीया नाबालिकालाई पुुुस २५ गते दिउँसो २ बजे मिठाई दिन्छु भनी ललाई फकाई एकान्त स्थानमा लगी जबरजस्ती गरेका थिए ।

पीडित परिवारको तल्काल उजुरी पछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटाइएको टोलीले पुस २५ गते नै पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाएको थियो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ