धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले आन्द्राभुँडी बाहिरै भएको बच्चा जन्माएकी छन् । धनकुटा महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले अस्वभाविक भएकी छोरी जन्माएकी हुन् । प्राथमिक स्वास्थ्य केन्द्र जितपुरमा सुत्केरी गराउँन लगिएकी श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएको बच्चाको पेटबाट आन्द्राभुडी बाहिर निस्किएको छ ।
‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चा भने अस्वभाविक जन्मिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. तोर्णराज कटुवालले जानकारी दिए । ‘बच्चाको नाइटो नजिक पेटबाट आन्द्रा र भुडी बाहिरै निस्किएको छ ।’ डा.कटुवालले भने–‘अस्वभाविक बच्चा जन्मिएपछि थप उपचारका लागि रेफर गरेर पठाएका छौं ।’
बच्चालाई थप उपचारका लागि अहिले काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्याइएको छ । कान्ति बाल अस्पतालमा बच्चाको अप्रेशन गरेर आन्द्राभुँडीको केही भाग पेटभित्र पसाइएको छ । डाक्टरले अझै अर्को पटक पनि अप्रेशन गर्नुपर्ने बताएका छन् ।
अहिले बच्चालाई एनआईसीयूमा राखेर उपचार भईरहेको छ । अप्रेशनपछि बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु