छात्रालाई होटलमा लगेर अमर्यादित रुपमा परीक्षा दिन लगाएको आरोपमा राष्ट्रिय मावि पोखराका प्रधानाध्यापक सहित ३ जना शिक्षक पक्राउ परेका छन् ।
पोखरा–१ पुरानो टुँडिखेल स्थित रहेको उक्त विद्यालयमा कक्षा ११ मा अध्ययनरत १ जना छात्रालाई ऐच्छिक अंग्रेजी तथा शैक्षणिक विधि विषयक आंशिक परीक्षामा छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर परीक्षा लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा १८ कास्कीकोट स्थायी घर भई हाल पोखरा–१ बाघबजार बस्ने राष्ट्रिय माविका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ सिद्ध घर भइ हाल पोखरा ११ फुलबारी बस्ने सोही विद्यालयका ४१ वर्षीय शिक्षक घनश्याम रेग्मी तथा पोखरा २० भलाम घर भइ सोही विद्यालयमा शिक्षकका रुपमा कार्यरत ४० वर्षीय शिरिषकुमार बस्ताकोटी रहेका छन् ।
छात्रालाई अमर्यादित तरिकाले परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही होस् भन्दै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको जाहेरी सहितको कागजात प्रहरीसम्म पुगेपछि प्रहरीले उक्त विद्यालयका प्रधानाध्यापक सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई शिक्षा ऐन अन्तरगत मुद्धामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा