गण्डकी प्रदेशको पुरुष र महिला भलिबल टीमको छनौटका लागि प्रदेशका ११ जिल्लाका महिला तथा पुरुषबीच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पोखरामा आगामी फागुनको पहिलो साता पहिलो संस्करणको ‘गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्ला स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७७’ आयोजना हुने भएको हो ।
गण्डकी प्रदेश सरकारको समन्वय र कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित फागुन ४ देखि ८ गतेसम्म पोखरा रङ्गशाला भलिबल खेल मैदानमा प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
प्रतियोगिता संयोजक खगेन्द्र गौचनले गण्डकी प्रदेशका ११ जिल्लाबाटै पुरुष तथा महिला टिमको सहभागिता रहने बताए । उनका अनुसार कास्की, स्याङ्जा, पर्वत, तनहुँ, गोरखा, लम्जुङ, नवलपुर, म्याग्दी, बाग्लुङ, मुस्ताङ र मनाङबाट महिला तथा पुरुष टिमको सहभागिता रहनेछ ।
संयोजक गौचनले उक्त प्रतियोगितामा पुरुष तथा महिला टिमहरुलाई उपाधि राशी बराबर रहेको जानकारी दिए । गौचनका अनुसार बिजेता महिला तथा पुरुष टिमले कप, मेडल तथा प्रमाणपत्र सहित २ लाख प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता टिमले कप, मेडल तथा प्रमाणपत्र सहित १ लाख हात पार्नेछ भने सान्त्वना स्थान हाँसिल गर्ने टिमले ५० हजार प्राप्त गर्नेछ ।
गौचनले उक्त प्रतियोगिताबाट उत्कृष्ट बन्ने खेलाडीलाई ५ हजार कप र प्रमाणपत्र सहित पुरस्कृत गर्ने बताए । त्यस्तै उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेण्डरलाई समेत जनही ५ हजारद्वारा पुरस्कृत गरिनेछ ।
प्रतियोगिता पश्चात नवौं राष्ट्रिय खेलकुदको लागि खेलाडीहरुलाई एक महिना बन्द प्रशिक्षण राखिनेछ । उक्त प्रतियोगिताबाट उत्कृष्ट प्रतिभाको छनौट गर्दै गण्डकी प्रदेश टीम निर्माण गरिने भएको हो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला