गण्डकी प्रदेश जिल्ला स्तरीय ‘मुख्यमन्त्री भलिबल कप’ फागुन ४ देखि

गण्डकी प्रदेश जिल्ला स्तरीय ‘मुख्यमन्त्री भलिबल कप’ फागुन ४ देखि

voll

गण्डकी प्रदेशको पुरुष र महिला भलिबल टीमको छनौटका लागि प्रदेशका ११ जिल्लाका महिला तथा पुरुषबीच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पोखरामा आगामी फागुनको पहिलो साता पहिलो संस्करणको ‘गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्ला स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७७’ आयोजना हुने भएको हो ।

गण्डकी प्रदेश सरकारको समन्वय र कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित फागुन ४ देखि ८ गतेसम्म पोखरा रङ्गशाला भलिबल खेल मैदानमा प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रतियोगिता संयोजक खगेन्द्र गौचनले गण्डकी प्रदेशका ११ जिल्लाबाटै पुरुष तथा महिला टिमको सहभागिता रहने बताए । उनका अनुसार कास्की, स्याङ्जा, पर्वत, तनहुँ, गोरखा, लम्जुङ, नवलपुर, म्याग्दी, बाग्लुङ, मुस्ताङ र मनाङबाट महिला तथा पुरुष टिमको सहभागिता रहनेछ ।

संयोजक गौचनले उक्त प्रतियोगितामा पुरुष तथा महिला टिमहरुलाई उपाधि राशी बराबर रहेको जानकारी दिए । गौचनका अनुसार बिजेता महिला तथा पुरुष टिमले कप, मेडल तथा प्रमाणपत्र सहित २ लाख प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता टिमले कप, मेडल तथा प्रमाणपत्र सहित १ लाख हात पार्नेछ भने सान्त्वना स्थान हाँसिल गर्ने टिमले ५० हजार प्राप्त गर्नेछ ।

गौचनले उक्त प्रतियोगिताबाट उत्कृष्ट बन्ने खेलाडीलाई ५ हजार कप र प्रमाणपत्र सहित पुरस्कृत गर्ने बताए । त्यस्तै उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेण्डरलाई समेत जनही ५ हजारद्वारा पुरस्कृत गरिनेछ ।

प्रतियोगिता पश्चात नवौं राष्ट्रिय खेलकुदको लागि खेलाडीहरुलाई एक महिना बन्द प्रशिक्षण राखिनेछ । उक्त प्रतियोगिताबाट उत्कृष्ट प्रतिभाको छनौट गर्दै गण्डकी प्रदेश टीम निर्माण गरिने भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ