प्रधानमन्त्री कप: एपीएफको लगातार दोस्रो जित, गण्डकी प्रतियोगिताबाट बाहिरियो

प्रधानमन्त्री कप: एपीएफको लगातार दोस्रो जित, गण्डकी प्रतियोगिताबाट बाहिरियो

gandaki pradesh team

तस्बिर : क्यान

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

प्रतियोगितामा तेस्रो हार ब्यहोरेको गण्डकी भने बाहिरिएको छ । गण्डकीले चार खेल खेल्दा एक खेलमा मात्र जित हात पार्न सकेको छ।

गण्डकीले दिएको १०७ रनको लक्ष्य एपीएफले १७.४ ओभर खेल्द ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर आसिफले अर्धशतक प्रहार गर्दै एपीएफलाई जित सम्म पुर्‍याए । आसिफले ५६ बल खेल्दै ५ चौका र ६ छक्कासहित ७८ रन प्रहार गरे ।

यस्तै सुमित महर्जनले १८ रन बनाए । कप्तान शरद भेषावकर ५ र भुवन कार्की १ रनमा अविजित रहे । प्रतियोगिताबाट बाहिरिएको गण्डकीका चन्द्र पौडेलले र विशाल पौडेलले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ४६ ओभर खेल्दै १०६ रनमा अलआउट भएको थियो । गण्डकीका लागि ओपनर समिर कँडेलले सर्वाधिक ३६ रन बनाएका थिए। यस्तै विष्णु पाण्डेले र दिपेश खत्रीले समान १५ र दिनेश बुढामगरले १२ रन जोडेका थिए।

एपीएफका कमल सिंह ऐरीले १० ओभरमा ३ ओभर मेडन राख्दै ११ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले ८ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए । कप्तान शरद भेषावकरले २ र किशोर महतोले १ विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ