विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।
प्रतियोगितामा तेस्रो हार ब्यहोरेको गण्डकी भने बाहिरिएको छ । गण्डकीले चार खेल खेल्दा एक खेलमा मात्र जित हात पार्न सकेको छ।
गण्डकीले दिएको १०७ रनको लक्ष्य एपीएफले १७.४ ओभर खेल्द ४ विकेट गुमाएर पूरा गर्यो । ओपनर आसिफले अर्धशतक प्रहार गर्दै एपीएफलाई जित सम्म पुर्याए । आसिफले ५६ बल खेल्दै ५ चौका र ६ छक्कासहित ७८ रन प्रहार गरे ।
यस्तै सुमित महर्जनले १८ रन बनाए । कप्तान शरद भेषावकर ५ र भुवन कार्की १ रनमा अविजित रहे । प्रतियोगिताबाट बाहिरिएको गण्डकीका चन्द्र पौडेलले र विशाल पौडेलले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ४६ ओभर खेल्दै १०६ रनमा अलआउट भएको थियो । गण्डकीका लागि ओपनर समिर कँडेलले सर्वाधिक ३६ रन बनाएका थिए। यस्तै विष्णु पाण्डेले र दिपेश खत्रीले समान १५ र दिनेश बुढामगरले १२ रन जोडेका थिए।
एपीएफका कमल सिंह ऐरीले १० ओभरमा ३ ओभर मेडन राख्दै ११ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले ८ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए । कप्तान शरद भेषावकरले २ र किशोर महतोले १ विकेट लिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला