कुखुरालाई आठ महिना जेल !

कुखुरालाई आठ महिना जेल !

cock

तपाईले गलत काम गरेका मानिसहरुलाई जेलमा राखेको थाहा पाउनु भएको छ होला ? के तपाइले कुखुरालाई जेलमा राखेको सुन्नु भएको छ ? तपाइलाई पत्यार नलाग्ला तर एक कुखुरा आठ महिना जेल बस्न परेको छ । तर, यो घटना वास्तवमै सत्य हो ।

पाकिस्तानको सिन्ध प्रान्तकोघोटमी जिल्लामा एक कुखुरोलाई आठ महिना जेलमा राखिएको छ । एक स्थानीय अदालतले उक्त कुखुरोलाई आठ महिनापछि जेलबाट रिहा गरेको हो ।

आठ महिना अगाडि लडाइँका बेला केही मानिससहित केही कुखुरालाई पनि गिरफ्तार गरिएको थियो ।

तर कसैले पनि आफ्नो कुखुरा हो भन्दै नआएकोले उनीहरुलाई पनि जेलमै राखिएको थियो । तर केही दिन अगाडि त्यहाँका जफर मीरानीले अदालतमा मुद्दा हालिन्, त्यसपछि उनका कुखुरा रहेको पत्ता लाग्यो । लगत्तै अदालतले कुखुरालाई पनि रिहा गरेको थियो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ