आगामी वर्ष पोखरामा फुटसल ‘ए’ डिभिजन लिग हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन लिग २०७८ साल वैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा गर्ने जानकारी गराएको हो ।
एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । वाग्मती प्रदेशबाट चार, प्रदेश नं १ र गण्डकी प्रदेशबाट दुई–दुई, प्रदेश नं २ र लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयुक्त टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।
लिगका लागि प्रदेश नं १ को छनोट खेल आगामी चैत १ देखि ५ गतेसम्म इटहरीमा, प्रदेश नं २ को छनोट खेल चैत ८ देखि १२ गतेसम्म हेटाँैडामा, वाग्मती प्रदेशको छनोट खेल चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट खेल चैत १९ देखि २३ गतेसम्म दाङमा तथा गण्डकी प्रदेशको छनोट खेल २०७८ साल वैशाख ३ देखि ७ गतेसम्म पोखरामा हुनेछ ।
लिगमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला सङ्घमा आबद्ध क्लब तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा आबद्ध क्लबले सहभागिता जनाउन पाउने एन्फाले जनाएको छ । सो लिगको विजेताले रु १० लाख, उपविजेताले रु ५० हजार तथा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नुहुनेछ । एन्फाले सहभागी प्रत्येक टोलीलाई रु एक लाख उपलब्ध गराउनेछ ।
सम्बन्धित खबर
क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
साफ यू–२० महिला च्याम्पियनसिपमा भूटानलाई ६–१ गोल अन्तरले हराउँदै नेपालको विजयी सुरुवात
क्लबस्तरीय भलिबलः घान्द्रुक र आधिखोला उपाधिका लागि भिड्ने
पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शीर्ष स्थानमा
पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ