आगामी वर्ष पोखरामा फुटसल ‘ए’ डिभिजन लिग हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन लिग २०७८ साल वैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा गर्ने जानकारी गराएको हो ।
एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । वाग्मती प्रदेशबाट चार, प्रदेश नं १ र गण्डकी प्रदेशबाट दुई–दुई, प्रदेश नं २ र लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयुक्त टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।
लिगका लागि प्रदेश नं १ को छनोट खेल आगामी चैत १ देखि ५ गतेसम्म इटहरीमा, प्रदेश नं २ को छनोट खेल चैत ८ देखि १२ गतेसम्म हेटाँैडामा, वाग्मती प्रदेशको छनोट खेल चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट खेल चैत १९ देखि २३ गतेसम्म दाङमा तथा गण्डकी प्रदेशको छनोट खेल २०७८ साल वैशाख ३ देखि ७ गतेसम्म पोखरामा हुनेछ ।
लिगमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला सङ्घमा आबद्ध क्लब तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा आबद्ध क्लबले सहभागिता जनाउन पाउने एन्फाले जनाएको छ । सो लिगको विजेताले रु १० लाख, उपविजेताले रु ५० हजार तथा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नुहुनेछ । एन्फाले सहभागी प्रत्येक टोलीलाई रु एक लाख उपलब्ध गराउनेछ ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो