गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले लमजुङको बेसीसहरमा शाखा खोलेको छ । युआरएलले बेंसीसहर शाखाबाट बिहीबारदेखि सेवा दिन थालेको छ । वेंसीसहर ८ शेराचोकमा रहेको यो युआरएलको तेस्रो शाखा हो ।
सेवा सुरुआतको अवसरमा युआरएलले वेसीसहर शाखामा मधुमेह र युरिक एसिड जाँच सित्तैमा र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिएको छ । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले छुट फागुन १५ गतेसम्म कायम हुने जानकारी दिए ।
करिब डेढ करोड लगानीमा स्थापना भएको शाखाले सबै प्रकारका रक्त जाँच गर्ने पन्तले बताए । उनले भने, ‘रगत जाँचका लागि अब लमजुङबाट पोखरा, काठमाडौं धाउनुपर्दैन । दक्ष र अनुभवी जनशक्तिबाट समयमै गुणस्तरीय सेवा दिन्छौं ।’ अध्यक्ष पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै गण्डकी प्रदेशका मुख्य सहरहरुमा शाखा विस्तार गर्ने योजना सुनाए ।
यसअघि युआरएलले तनहुँको दमौली र दुलेगौंडामा खोलिसकेको छ । २०७० मंसिर २३ गतेबाट सेवा सुरु गरेको युआरएलको प्रधान कार्यालय पोखराको न्युरोडमा छ । करिब ८ करोड लगानी रहेको युआरएलले अहिलेसम्म साढे २ लाखलाई सेवा दिइसकेको छ ।
सम्बन्धित खबर
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
लमजुङको मध्यनेपालमा सार्वजनिक बिदा
लमजुङमा आगलागीमा परेर ७० वर्षीया वृद्धाको मृत्यु
लमजुङ तरुण दलमा खुकुरी प्रहार घटनाः ज्यान मार्ने उद्योगमा ४ जनाविरुद्ध जाहेरी दर्ता
साम्बाको नाममा लमजुङमा साम्बाचोक स्थापना
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा