बागलुङमा गोठमा आगलागी हुँदा २५ बाख्रा जले

बागलुङमा गोठमा आगलागी हुँदा २५ बाख्रा जले

aago

सांकेतिक तस्वीर

बागलुङको निसीखोला गाउँपालिका-३ धारखर्कस्थित एक गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् ।

आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए ।

बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिए । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो ।

बाख्रासँगै ६ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds