श्रीमतीको हत्या गरेको अभियोगमा पर्वतको जलजलाबाट एक व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा पर्वतको जलजलाबाट एक व्यक्ति पक्राउ

police-arrest

सांकेतिक तस्विर

पर्वत – आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियार रहेका छन् ।

प्रहरीका अनुसार रामबहादुरले घरायसी झगडाका कारण उत्पन्न विवादपछि श्रीमतीलाई सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा लगेर हत्या गरेको जानकारी प्रहरी चौकी वारिबेनीमा आएपश्चात प्रहरीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रामबहादुरमाथि आवश्यक अनुसन्धान शुरु भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds