लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा आयोजनामा कार्यरत तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप बिहीबार साँझ ५ः१५ बजे उक्त गाउँपालिका वडा नं ६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्गा घर भएका ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सडकबाट १२० मिटर तल जीप खसेको र दुर्घटना हुनुको कारण भने खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।
उनका अनुसार तीन जना घाइते भएका छन्। घाइते हुनेमध्ये एक जना सोही आयोजनामा कार्यरत धरान घर भएका सुनिलकुमार शाह रहेको र अन्य दुई जना एक महिला र बच्चाको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ।
घाइतेलाई उपचारका लागि बेँसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
सम्बन्धित खबर
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
सिद्धबाबाको पहिरोले पुर्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीनजनाको मृत्यु, २ जना गम्भीर घाइते
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ