फेवातालमा पानीको सतह घटाइएपछि हेर्न आउनेको भीड (फोटो फिचर)

फेवातालमा पानीको सतह घटाइएपछि हेर्न आउनेको भीड (फोटो फिचर)

फेवातालमा पानीको बाँध मर्मतका लागि २ मिटर पानीको सतह घटाएको छ । यसरी पानीको सतह घटेपछि मानिसहरु फेवाताल हेर्ने आउने गरेका छन् ।

शनिबार पानीको सतह घटेपछि मानिसहरुले फेवताल हेर्ने भिड भएको छ । यसरी एक्कासी पानीको सतह घटेपछि मानिसहरुमा कौतुहलता भएपछि हेर्ने आउनेको  भिड निकै बढेको हो । चारदशक पहिले निर्माण गरिएको फेवातालको बाँधको मर्मत शुरु गरिएको छ ।

https://www.youtube.com/watch?v=G1fdsMEzwB8&t=230s

निर्माण भएको लामो समय वितिसक्दा समेत ड्याम मर्मत सम्भारको कार्य नभएका कारण तालको पानी चुहिएर सतह घट्ना थालेपछि फेवातालको पानीको सतह २ मिटर घटाएर मर्मत थालिएको हो ।

लामो समयदेखि ताल संरक्षणका लागि बनाइएको बाँध जीर्ण भएका कारण बाँध निर्माण गर्नका लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए।

कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ ।

वि.सं २०३५ सालमा बनेको उक्त बाँधको तलको गेट र रम्बर मर्मतसम्हार गरे पछि तालमा पानीको सतह पुन पहिलेको लेभलमा आउने छ । मर्मतको काम सकिएपछि पुनः फिर्के र सेतीको पानीको ड्राइर्भट गरेर तालमा ल्याइने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ