घरेलु टोली गण्डकीले प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीको बाहुल्य रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।
शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले पहिलो, तेस्रो र पाँचौं सेटमा जीत निकाल्दै च्याम्पियन बनेको हो । घरेलु समर्थकको राम्रो साथ पाएको गण्डकीले त्यसको फाइदा उठाउँदै अन्तिम सेटमा आर्मीलाई स्तब्ध पार्न सफल भयो ।
पहिलो सेटमा घरेलु टोली गण्डकीले आर्मीलाई २५–२२ हराएको थियो । दोस्रो सेटमा आर्मीले गण्डकीलाई २५–२१ ले हराएको थियो । तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । तेस्रो सेटमा गण्डकीले आर्मीलाई ३२–३० ले हराएको थियो ।चौथो सेटमा आर्मीले गण्डकीलाई २५–२३ ले हराएपछि फाइनल थप रोमान्चक बन्न पुगेको थियो । कोर्टमा प्रवेश गरेलगत्तै मानबहादुर श्रेष्ठले चलाखीपूर्ण स्पाईकका साथ आर्मीलाई चौथो सेट जिताएका थिए । रोमान्चक तथा निर्णायक फाइनल सेटमा गण्डकीले आर्मीलाई १५– ११ ले हराउँदै उपाधि जितेको हो ।
पुरुषतर्फ उत्कृष्ट डिफेण्डरमा गण्डकीका राजन दर्लामी मगर भए भने उत्कृष्ट व्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकरमा आर्मीका खेलाडीहरु क्रमशस् हरि अधिकारी, शरण सामारिक श्रेष्ठ, र धन बहादुर भट्ट घोषित हुँदै समान नगद ५–५ हजार प्राप्त गरेका छन् ।
यसैगरी, आज नै सम्पन्न महिला तर्फको फाइनल खेलमा विभागिय टोली पुलिसले अर्को विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो सेटमा पराजित गरेको छ । उपाधी भिडन्तमा पुलिसले एपिफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले पहिलो सेटमा एपिएफलाई २५–२२ ले दोस्रो सेटमा २५–२२ ले र तेस्रो सेटमा २५–२१ ले हराउँदै उपाधि जितेको हो । विजेता पुलिसले उपाधिसहित १ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता एपिएफले ७५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा महिला तर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुष तर्फ घनश्याम चौधरी सर्वोत्कृष्ट हुँदै नगद २०–२० हजारका साथम पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा महिलातर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपिएफकै हिरा केसी उत्कृष्ट व्लकर, न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, प्रहरीकी कमला पुन उत्कृष्ट सेटर, प्रहरीकै शान्तीकला तामाङ र महिलातर्फको टिमको उत्कृष्ट प्रशिक्षकमा पुलिसका रुपेश विष्ट घोषित हुँदै सवै उत्कृष्ट हुनेहरुले समान नगद ५–५ हजार प्राप्त गरेका छन ।

कार्यक्रममा नेपालको राष्ट्रिय खेल भलिवलमा उच्च योगदान पुर्याएको भन्दै नेपाल टिमकी पूर्व उपकप्तान मञ्जु गुरुङ र पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्साललाई सम्मान गरिएको थियो ।
विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल लगाएतले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा, नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने संस्थाहरुलाई प्रतियोगिताका संयोजक नविन गुरुङले प्रंशसा पत्र प्रदान गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला