पोखरा महानगरपालिका ४ गणेशटोल स्थित सञ्चालनमा रहेको स्पोर्टस् क्यासल प्रा.लिको आयोजनामा हुने प्रथम ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ को आईतबार सम्पन्न भएको छ ।
प्रथम एमेच्योर स्पोर्टस् क्यासल कपको उपाधि टिम आयोजक स्पोर्टस् क्यासलले जितेको छ ।
पोखरा महानगरपालिका–४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेल क्यासल फरेष्ट फुटबल क्लब स्योर्टस भएको थियो । सम्पन्न खेलमा फरेष्ट स्पोर्टस् फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै क्यासलले उपाधि जितेको हो । क्यासलको जीतमा आकाश थपलिया र सरोज तामांगले समान २–२ र मनोज गुरुङले १ गोल गरे । फरेष्ट स्पोर्टसका लागि १ मात्र सान्त्वना गोल सरोज थिङले गरे ।

विजेता टिम क्यासलले उपाधिसँगै शिल्ड, मेडल सहित नगद २५ हजार रुपैयाँ हात पार्यो भने उपबिजेता टिम फरेष्ट स्पोर्टस्ले शिल्ड, मेडल सहित नगद १५ हजार रुपैयाँमा चित्त बुझायो । कुल ४६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा क्यासलका आकाश थपलिया सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले फुटसल जुत्ता प्राप्त गरे । विजेता खेलाडीहरुलाइ पोखरा महानगरपालिका १३ अध्यक्ष लेखबहादुर तामांग, राजकुमार गुरुङ, धनु थकाली लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु