लभ्ली डाँडामा टीम बीएसआर द्वारा सरसफाई

लभ्ली डाँडामा टीम बीएसआर द्वारा सरसफाई

brss

पोखराको आन्तरिक पर्यटकीय स्थल लभ्ली डाँडामा सरसफाई गरिएको छ । सोमबार टीम बीएसआर (ब्रदर फर सोसियल रिभोलुसन)ले आफ्नो १० औँ वार्षिकोत्सवको अवसर पारेर सरसफाई गरेको हो ।

सामाजिक क्रान्तिका लागि लागि दाजुभाइहरु भन्ने मुल नाराका साथ स्थापित भएको उक्त संस्थाले विगत लामो समयदेखि सामाजिक कार्यहरु गर्दै आईरहेको छ । पहिले सामाजिक सञ्जालमा मात्र सीमित भएको उक्त संस्थाले हाल सामाजिक क्षेत्रमा पनि काम गर्दै आइरहेको संस्थाका सदस्य रन्जित दनैले बताए ।

डाँडामा आएर बस्ने सबैले आफूले गरेको फोहोरलाई आफैले व्यवस्थापन गरे कुरुप हुनबाट पोखरा बच्ने उनले बताए । सफा, स्वच्छ र सुरक्षित वातावरणका लागि आन्तरिक तथा बाह्य पर्यटकले सरसफाईमा ध्यान दिन पनि टीमको आग्रह छ ।

फोहोरको थुप्रोले पोखराको सुन्दरता घटाउने हुँदा आफै सरसफाई गरेर सबैले सफा पोखरा सुन्दर पोखरा बनाउन सहयोग पुग्ने टीम गण्डकी प्रदेशका संयोजक यूनिक क्षेत्री बताउँछन् । कार्यक्रमको सञ्चालन उत्तम बरालले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ