बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आज पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ । उनले प्रहरीसमक्ष भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर ज्यान लिएको वयान दिएका छन् ।
केही दिनअघि नै पक्राउ परे पनि आवश्यक अनुसन्धान नसकिएकाले ती व्यक्तिलाई सार्वजनिक नगरिएको स्रोतले जनाएको छ । प्रहरीका अनुसार ती युवक छिमेकी रहेको बुझिएको छ ।
पक्राउ परेका व्यक्ति भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरी स्रोतले जनाएको छ । दोगडाकेदार गाउँपालिका ७ की भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।
प्रहरीको प्रारम्भीक अनुसन्धान तथा वयानमा पक्राउ परेका युवकले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएका उनलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म बिद्यालयबाट घर नपर्किएपछि परिवारले खोजी गरेको थियो ।
त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा भेटिएको थियो । क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन