जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७७र७८ मा २५८ मुद्दा फैसला गरेको जनाएको छ । गत साउनदेखि माघ मसान्तसम्म सात महिनामा ७०८ मुद्दा दर्ता भएका छन् । दर्तामध्ये चालू आवमा ४५० मुद्दा रहेको छ भने २५८ मुद्दा फैसला भएको हो ।
सम्बन्धविच्छेद मुद्दाका फैसला धेरै भएका छन् । सम्बन्धविच्छेदका ३१३ मुद्दा दर्ता भएकामा चालू आवमा ११४ वटा रहेको छ भने १९९ वटा फैसला भइसकेको सूचना प्रविधि सहायक सरोज तिमिल्सेनाले जानकारी दिए।
सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्र माध्यमबाट फैसला गरिएको उनले बताए । सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा महिला र पुरुष दुवैले मुद्दा दर्ता गराएका छन् । उनले भने, “तर मिलापत्रका लागि एक वर्ष अवधि पूरा भएको हुनुपर्ने कानूनी व्यवस्थामा उल्लेख गरेको छ ।”
त्यसैगरी जबर्जस्तीकरणी मुद्दामा १६ वटा मुद्दा दर्ता भएकामा चालू आवमा १५ वटा रहेको छ भने एउटा फैसला भएको छ । त्यसैगरी लागुऔषध मुद्दामा २३ दर्ता भएकामा चालू आवमा २० वटा रहेको छ भने तीनटा फैसला, घरेलु हिंसामा दश मुद्दा दर्ता भएकामा चालू आवमा नौवटा रहेको छ भने एक फैसला भएको छ ।
सवारी ज्यान मुद्दामा स्रोह वटा मुद्दा दर्ता भएकामा चालू आवमा १५ वटा मुद्दा रहेको र एकवटा मुद्दा फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’