भागरथी भट्टको हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टले भागरथीका परिवारसँग पनि आफूले नै हत्या गरेको कुरा बताएका छन्। अभियुक्त नातामा भागरथीका भाइ दोगडाकेदार गाउँपालिका–७ कै छिमेकी दिनेश भट्टले भागरथीको हत्या गरेको कुरा साँचो भएको परिवारलाई बताएका हुन् ।
दिनेशले हत्या गरेको कुरामा विश्वास गर्न सकिने ठोस प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै शव बुझ्न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्लाएक्लै भेटाएर कुराकानी गर्न लगाएको हो। सोही क्रममा उनले भागरथीको हत्या गरेको बताएको अभियुक्त र मृतकका काका समेत रहेका शिवराज भट्टले बताएका छन् ।
उसलाई एकान्तमा एक्लै भेटेर कुनै दबाब र प्रभाव देखाइएको छ किरु यदी त्यस्तो छ भने न्यायको लागि लड्छौँ भन्दा आफूले नै भागरथी दिदीको हत्या गरेका हुँ भनेको मृतकका काका शिवराजले बताएका छन् । दिदीको हत्या गरेर गल्ती गरेको समेत उनले बताएका छन्। तर प्रहरीलाई दिएको बयान जस्तै उनले बलात्कारपछि हत्या गरेको कुरा भने परिवारसँग पनि अस्वीकार गरेका छन्।
सुरुमा बलात्कार गर्ने उद्देश्यले नै भागरथी दिदीको पिछा गरेर त्यो ठाउँमा कुरेर बसेको तर बाटोबाट लडाएर एकपटक उठेको र एक शब्दसम्म बोल्न नसकेको अवस्थामा मनमा घरपरिवारले थाहा पाउने भए भन्ने सोच आएर हातले घाँटी च्यापेर मारिदिएको उनले बताएका छन् । बलात्कार गर्न पाइन्ट खोल्दा ब्लड देखिएको कारण नगरेको उनले भनेका छन् ।
हत्यारा लुकाउने खेल हुँदै छ, शव बुझ्दैनौं: भागरथीकी आमा
यसअघि, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी थिइन् । यही कारण पनि प्रहरीले भागरथीका परिवारलाई नै दिनेशसँग बुझ्न एक्ला एक्लै भेट्न लगाएको थियो ।
५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने
भागरथी हत्यामा संलग्न भट्टलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ। भट्टविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बताए।
बैतडीको दोगडाकेदार गाउँपालिककी १७ वर्षीया किशोरी भागरथी माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्। अभियुक्त भट्टले आफ्नो अपराध स्वीकारेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन