पोखरामा सञ्चालन भएको ‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँले जितेका छन् ।
पोखरा रङ्गशालास्थित ‘भलिबल कोर्टमा’ पुरुषतर्फ प्रतिस्पर्धात्मक खेलमा तनहुँ जिल्लाले स्याङ्जालाई ३–२ को सेटमा हराउँदै उपाधिसहित दुई लाख पुरस्कार प्राप्त ग¥र्यो भने उपविजेता बनेको स्याङ्जाले एक लाख पुरस्कार पायो । तनहुँले २३–२५, २५–१७, २५–२०, १३–२५ र १५–१० अङ्कले स्याङ्जालाई हराएको हो ।
महिलातर्फ राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । म्याग्दीले पर्वतलाई २५–१४, २५–१५ र २५–१७ अङ्कले पराजित गरी दुई लाख नगदसहित ट्रफी पायो भने उपविजेता बनेको पर्वतले एक लाख नगदमा चित्त बुझायो ।
पुरुषतर्फको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले म्याग्दीलाई ३–१ सेटमा पराजित गर्न सफल भयो भने महिलातर्फ तनहुँले कास्कीलाई ३–१ को सेटमा हरायो । तृतीय स्थान प्राप्त गर्न सफल महिला पुरुष दुवै टोलीले समान रु ५० हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा यही फागुन ४ गतेदेखि शुरु भएको प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाका महिला तथा पुरुष टोलीले सहभागिता जनाएका थिए ।
महिलातर्फ राष्ट्रिय भलिबल टोलीका कप्तान म्याग्दीका शाही सर्वोत्कृष्ट खेलाडी घोषित भईन् भने पुरुषतर्फ तनहुँका मिलनचन्द ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे ।
महिलातर्फ उत्कृष्ट स्पाइकर तनहुँका उषा भण्डारी, डिफेण्डरमा कास्कीका अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतका हिरा केसी, सर्भरमा म्याग्दीका कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ उत्कृष्ट घोषित भए ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा तनहँुका अशोक श्रेष्ठ, डिफेण्डरमा स्याङ्जाका राजन दर्लामी, ब्लकरमा स्याङजाका महेन्द्र श्रेष्ठ, सर्भरमा स्याङजाका विवस थापा, सेटरमा तनहँुँका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित भई जनही पाँच हजारका दरले पुरस्कार प्राप्त गरे । । प्रतियोगिताको विजेता टोली तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सङ्घका अध्यक्ष भीम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
साफ यू–२० महिला च्याम्पियनसिपमा भूटानलाई ६–१ गोल अन्तरले हराउँदै नेपालको विजयी सुरुवात
क्लबस्तरीय भलिबलः घान्द्रुक र आधिखोला उपाधिका लागि भिड्ने
पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शीर्ष स्थानमा
पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा