पोखरामा सञ्चालन भएको ‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँले जितेका छन् ।
पोखरा रङ्गशालास्थित ‘भलिबल कोर्टमा’ पुरुषतर्फ प्रतिस्पर्धात्मक खेलमा तनहुँ जिल्लाले स्याङ्जालाई ३–२ को सेटमा हराउँदै उपाधिसहित दुई लाख पुरस्कार प्राप्त ग¥र्यो भने उपविजेता बनेको स्याङ्जाले एक लाख पुरस्कार पायो । तनहुँले २३–२५, २५–१७, २५–२०, १३–२५ र १५–१० अङ्कले स्याङ्जालाई हराएको हो ।
महिलातर्फ राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । म्याग्दीले पर्वतलाई २५–१४, २५–१५ र २५–१७ अङ्कले पराजित गरी दुई लाख नगदसहित ट्रफी पायो भने उपविजेता बनेको पर्वतले एक लाख नगदमा चित्त बुझायो ।
पुरुषतर्फको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले म्याग्दीलाई ३–१ सेटमा पराजित गर्न सफल भयो भने महिलातर्फ तनहुँले कास्कीलाई ३–१ को सेटमा हरायो । तृतीय स्थान प्राप्त गर्न सफल महिला पुरुष दुवै टोलीले समान रु ५० हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा यही फागुन ४ गतेदेखि शुरु भएको प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाका महिला तथा पुरुष टोलीले सहभागिता जनाएका थिए ।
महिलातर्फ राष्ट्रिय भलिबल टोलीका कप्तान म्याग्दीका शाही सर्वोत्कृष्ट खेलाडी घोषित भईन् भने पुरुषतर्फ तनहुँका मिलनचन्द ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे ।
महिलातर्फ उत्कृष्ट स्पाइकर तनहुँका उषा भण्डारी, डिफेण्डरमा कास्कीका अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतका हिरा केसी, सर्भरमा म्याग्दीका कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ उत्कृष्ट घोषित भए ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा तनहँुका अशोक श्रेष्ठ, डिफेण्डरमा स्याङ्जाका राजन दर्लामी, ब्लकरमा स्याङजाका महेन्द्र श्रेष्ठ, सर्भरमा स्याङजाका विवस थापा, सेटरमा तनहँुँका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित भई जनही पाँच हजारका दरले पुरस्कार प्राप्त गरे । । प्रतियोगिताको विजेता टोली तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सङ्घका अध्यक्ष भीम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ