Gandak News
Our News Your Views

गण्डकीमा सञ्चालन हुने भनिएको पर्वतीय खेलकुद महोत्सव स्थगित

फागुन तेस्रो सातादेखि गण्डकी प्रदेशमा सञ्चालन हुने भनिएको आठौँ पर्वतीय खेलकूद महोत्सव स्थगित गरिएको छ ।

आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेशन’ विज्ञप्ति जारी गर्दै उक्त महोत्सव हाललाई स्थगित गरिएको जनाएको हो ।

उक्त महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्चालन गर्ने तालिका तय भएको थियो । “प्राविधिक कारण महोत्सव स्थगित गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

फेडेरेशनले महोत्सवको नयाँ तालिका चाँडै तय गरिने जनाएको छ ।

उक्त महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, गल्फलगायत खेल खेलाइने आयोजक संस्थाले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस