नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको बताएका छन् ।
महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस प्रजातान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने पार्टी भएको भन्दै सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको बताएका हुन् ।
देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको टिप्पणी गरे । उनले नेकपा भित्र दुई पक्ष रहेकाले अझै के हुन्छ भन्ने अन्यौल कायमै रहेको बताउनुभयो । शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनुपर्ने भन्दै उनले राजीनामा दिनेमा आफूलाई शंका रहेको जिकिर गरे ।
शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनुपर्ने भन्दै उनले भने, ‘ओलीजीले संसदमा बहुमत पुर्याउनुपर्छ, नभए छोड्दा राम्रो हुन्छ । तर यसो गर भनेर हामीले भन्ने होइन ।’ विकसित राजनीतिक घटनाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक हेरेको भन्दै उनले कसरी अगाडि बढ्ने भनेर छलफल गर्न संसदीय दलको बैठक बोलाउन लागिएको धारणा पनि राखे ।
सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला भन्ने लागेको थियो । तर स्टे अर्डर नदिएको हुनाले चुनाव हुन्छ भन्ने हामीलाई लागेको थियो । ’ त्यहीकारण संसद पुनर्स्थापना भएपनि मान्छौं, चुनाव भएपनि मान्छौं भनेको उनको दाबी छ ।
यद्यपि संसद पुनर्स्थापना गर्ने सर्वोच्च फैसलाले प्रजातन्त्रको जित भएको देउवाले टिप्पणी गरे । माधव नेपाल–प्रचण्डजीहरु कसरी जान्छन् ? नेकपा के हुन्छ ? भन्ने प्रष्ट नभएकाले अझै के हुन्छ भन्ने अन्यौल रहेको कांग्रेस सभापति देउवाले बताए ।
त्यस्तै, कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेकपाको आधिकारीक अध्यक्ष को हो भन्ने बिषय जनताले थाहा पाउनुपर्ने धारणा राखे । उनले कांग्रेसले पनि आगामी रणनीति तय गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी नेताहरुले अहिंसा र शान्तिका लागि महेन्द्र नारायण निधिले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
सम्बन्धित खबर
रास्वपाको ‘स्वतन्त्र’ शब्द र ‘घण्टी’ चुनाव चिन्हविरुद्ध निर्वाचन आयोगमा निवेदन दर्ता
पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: ओली
तनहुँकी एमाले नेतृ भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त
प्रधानमन्त्री ओलीको निर्देशनपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा
घुस डिल प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै, राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणीकरण
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा