नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको बताएका छन् ।
महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस प्रजातान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने पार्टी भएको भन्दै सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको बताएका हुन् ।
देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको टिप्पणी गरे । उनले नेकपा भित्र दुई पक्ष रहेकाले अझै के हुन्छ भन्ने अन्यौल कायमै रहेको बताउनुभयो । शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनुपर्ने भन्दै उनले राजीनामा दिनेमा आफूलाई शंका रहेको जिकिर गरे ।
शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनुपर्ने भन्दै उनले भने, ‘ओलीजीले संसदमा बहुमत पुर्याउनुपर्छ, नभए छोड्दा राम्रो हुन्छ । तर यसो गर भनेर हामीले भन्ने होइन ।’ विकसित राजनीतिक घटनाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक हेरेको भन्दै उनले कसरी अगाडि बढ्ने भनेर छलफल गर्न संसदीय दलको बैठक बोलाउन लागिएको धारणा पनि राखे ।
सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला भन्ने लागेको थियो । तर स्टे अर्डर नदिएको हुनाले चुनाव हुन्छ भन्ने हामीलाई लागेको थियो । ’ त्यहीकारण संसद पुनर्स्थापना भएपनि मान्छौं, चुनाव भएपनि मान्छौं भनेको उनको दाबी छ ।
यद्यपि संसद पुनर्स्थापना गर्ने सर्वोच्च फैसलाले प्रजातन्त्रको जित भएको देउवाले टिप्पणी गरे । माधव नेपाल–प्रचण्डजीहरु कसरी जान्छन् ? नेकपा के हुन्छ ? भन्ने प्रष्ट नभएकाले अझै के हुन्छ भन्ने अन्यौल रहेको कांग्रेस सभापति देउवाले बताए ।
त्यस्तै, कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेकपाको आधिकारीक अध्यक्ष को हो भन्ने बिषय जनताले थाहा पाउनुपर्ने धारणा राखे । उनले कांग्रेसले पनि आगामी रणनीति तय गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी नेताहरुले अहिंसा र शान्तिका लागि महेन्द्र नारायण निधिले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो