काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम प्रतिनिधिसभा पुनर्स्थापनापछि सक्रियता बढाएका छन् । उनी बिहीबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगे ।
उनले त्यहाँ अध्यक्ष प्रचण्डसँग करिब एक घण्टा छलफल गरेको बताइएको छ । पार्टी एकता अभियान सञ्चालन गरिरहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनपछि पनि नेकपाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने लगायतका विषयमा कुराकानी गरेका थिए ।
गौतम प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि दुई खेमामा विभाजित नेकपाको कुनै पनि पक्षमा उभिएका छैनन् । तर सर्वोच्चको फैसलापछि भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।