गैंडाको खाग बिक्री गरेको मुद्दाका फरार तीन प्रतिवादी पक्राउ

गैंडाको खाग बिक्री गरेको मुद्दाका फरार तीन प्रतिवादी पक्राउ

arrest-pakrau

चितवनमा गैंडा मारेर खाग बिक्री गरेको मुद्दाका फरार तीन प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको अभियोगमा उनीहरुमथि अनुसन्धान भइरहेको थियो । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–५ का ३१ वर्षीय राजेन्द्र क्षेत्री भनिने पुरन रेउले, काभ्रेको मण्डन देउपुर नगरपालिका–१० घर भएका ४८ वर्षीय आशिष लामा भनिने आइत तामाङ र रसुवाको नौकुण्ड–३ घर भएका ३६ वर्षीय ज्वाला भनिने ज्ञानबहादुर रुम्बा रहेका छन् ।

उनीहरुमध्ये रेउलेलाई काठमाडौंको धापासीबाट र अन्य दुईजनालाई सीतापाइलाबाट प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ना २ च १४५८ नम्बरको टोयोटा कम्पनीको गाडी र हतकडीको चाबीसमेत बरामद गरिएको सीआईबीले जनाएको छ । बरामद सामानसहित उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ