हालै लमजुङको बेसीसहरमा शाखा सञ्चालन गरेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि (युआरएल)ले त्यहाँका सेवाग्राहीलाई मध्यनजर गरी नयाँ योजना सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले फागुन महिनाभर मधुमेह (सुगर), वाथ र युरिक एसिडसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिरहेको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
शाखामा थाइराइड, होलबडी लगायत अन्य सबै रोग रक्त परीक्षणमा ३० प्रतिशत छुट दिइएको छ । त्यो क्षेत्रका बासिन्दामा मधुमेह, बाथ, खानपिनबाट हुने समस्या बढी देखिएकाले उनीहरुलाई सित्तैमा गुणस्तरीय सेवा दिन यो योजना ल्याएको पन्तले बताए ।
युआरएलले चैत १ गतेदेखि स्याङ्जाको वालिङमा पनि शाखा सञ्चालन गर्ने तयारी गरेको छ । यसअघि पोखराको न्युरोड, सभागृहचोकमा प्रधान कार्यालय, तनहुँका दमौली र दुलेगौंडा र लमजुङ बेसीसहरको सेराचोकमा युआरएलले शाखा खोलिसकेको छ ।
गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पु-याउन युआरएल लागिपरेको सिइओ भूपेन्द्रराज पाण्डेयले बताए ।
युआरएलले स्थापनाको ८ वर्षमा ८० हजारभन्दा बढीको सित्तैमा रगत जाँच गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय ९ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ ।
सम्बन्धित खबर
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
लमजुङको मध्यनेपालमा सार्वजनिक बिदा
लमजुङमा आगलागीमा परेर ७० वर्षीया वृद्धाको मृत्यु
लमजुङ तरुण दलमा खुकुरी प्रहार घटनाः ज्यान मार्ने उद्योगमा ४ जनाविरुद्ध जाहेरी दर्ता
साम्बाको नाममा लमजुङमा साम्बाचोक स्थापना
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ