बहिनीलाई टिकटक बनाउन घरमा डाक्दै, बलात्कार गर्दै ! १९ वर्षीय युवक पक्राउ

बहिनीलाई टिकटक बनाउन घरमा डाक्दै, बलात्कार गर्दै ! १९ वर्षीय युवक पक्राउ

rapedd

लमजुङमा नातामा बहिनी पर्ने बालिकालाई करणी गरेको आरोपमा १९ वर्षीय किशोर पक्राउ परेका छन् । पढाइदिन्छु र टिकटक पनि बनाउने भनेर घरमा डाक्दै ति किशोरले हाडनाता करणी गर्दै आएको प्रारम्भिक बयानमा खुलेको लमजुङ प्रहरीले जनाएको हो । यो बेशिशहर क्षेत्रमा भएको घटना हो । बहिनी १२ वर्षकी बालिका हुन् ।

बालिका प्रायः किशोरको घरमा आउजाउ गर्ने र नातामा दाजुबहिनी भएकाले घरपरिवारले पनि कुनै अनर्थ नसोच्ने भएकाले पनि किशोरले कोहि नभएको मौका पारी घरमै बलात्कार गर्दै आएको बताइन्छ । बालिकालाई निरन्तर जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । प्रहरीका अनुसार पछिल्लो समय फागुन १ गते बालिकामाथि किशोरले जबर्जस्ती करणी गरेका थिए । किशोरले माघदेखि नै करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

डर र धम्कीका कारण बालिकाले आफ्ना अभिभावकलाई घटनाबारे भन्न सकेकी थिइनन् । पक्राउ परेका किशोरलाई कानुनबमोजिम प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाई हाडनाता र बालिकालाई जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रहरीले बुधबार राति ती किशोरलाई पक्राउ गरी बिहीबार लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको हो । जिल्ला अस्पताल लमजुङमा सरकारी डाक्टर नभएको र सुन्दरबजारमा सेवा नभएपछि दमौलीको जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ