पोखरामा सम्पन्न टाइगर कप क्लब स्तरीय भलिबल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । आयोजक टाइगर ग्रुप पोखराले गत माघ २७ गतेबाट फागनु १ गते पोखरा रंगशालामा सम्पन्न महिला तथा पुरुष भलिवल प्रतियोगिताबाट १५ लाख बढि बचत भएको जनाएको छ । शनिबार आयोजक टाइगर ग्रुपले पत्रकार सम्मेलन गरेर १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको जनाएको हो ।
ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगितामा ५४ लाख ४१ हजार ८३५ आम्दानी भएको र ३५ लाख ११ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको जानकारी दिए । प्रतियोगितामा टिकट विक्रीबाट १० लाख ५५ हजार रुपैयाँ आम्दानी भएको छ । भलिबल प्रतियोगितामा टिकट विक्रीबाट यति धेरै रकम संकलन भएको पहिलो हो ।
क्लबले टिकट विक्रीका लागि दोश्रो पक्षलाई जिम्मा दिएको थियो । प्रतियोगिताको फाइनलमा मात्रै ७ लाख ८० हजारको टिकट बिक्री भएको थियो । करिव १५ लाख रुपैयाँ बराबरको टिकटबाट आम्दानी भएपनि आयोजकले १० लाख ५५ हजारमा सम्झौता गरेको थियो । प्रतियोगिताबाट बचत रकम सामाजिक क्षेत्र, भलिबलको क्षेत्रमा खर्च गरिने अध्यक्ष शर्माले बताए । एक वर्षदेखि कोरोना भाइरसका कारण खेलगतिविधि ठप्प थियो । भलिबल प्रतियोगितासंगै पोखरामा खेल गतिविधि विस्तारै बढेको छ ।
प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगर पालिका, अन्नपूर्ण गाउँ पालिका लगायत १ सय ४९ भन्दा वढी व्यक्ति एवम संघ संस्थाले सहयोग गरेको अध्यक्ष शर्माले बताए । पत्रकार सम्मेलनमा क्लबका सदस्य रामकृष्ण ज्ञवाली र सचिव प्रकाश बराल लगायतले बोेलेका थिए ।
यसैबीच, ग्रुपले बागलुङ बडिगाढ गाउँपालिका स्थित एक अशक्त परिवारलाई ५० हजार सहयोग गरेको छ । उक्त गाउँपालिकाका स्व।टोपबहादुर बिकको अशक्त परिवारलाई पोखरा छोरेपाटन स्थित २०४६ को एसएलसी व्याच समूह मार्फत रकम प्रदान गरेको हो । उक्त समूहका अध्यक्ष समेत रहेका पत्रकार राजु पौडेल मार्फत स्व। बिकलाई रकम हस्तान्तरण गरिएको छ । सोहि कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद ९राखेप०का सदस्य राजेश गुरुङले समेत उक्त परिवारलाई २१ हजार सहयोग गरे ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ