फेसबुकबाटै २ करोड सहयोग उठाएर मन्दिर पुनर्निर्माण गर्ने योजना, ३२ लाख संकलन

फेसबुकबाटै २ करोड सहयोग उठाएर मन्दिर पुनर्निर्माण गर्ने योजना, ३२ लाख संकलन

khurkot (2)

पर्वतको खुर्काेटबासीको आस्थाको धरोहर खुर्कोट (तल खुर र माथि कोट भएकाले खुर्कोट) कालिका  । सोहि मन्दिर २ करोड लागतमा पुनर्निर्माण गरिने भएको छ । यसको लागि अर्थ संकलन सुरु भएको छ । हालसम्म ३२ लाख सहयोग संकलन भइसकेको वैदेशिक अर्थ संकलन तथा प्रचार प्रसार विभाग संयोजक याम बहादुर रेग्मीले जानकारी दिए ।

उनले भने– ‘जुन देवीको कृपाले हामी विभिन्न ठाउँमा आ–आफ्नो क्षेत्रमा सफल हुन सकेका छौँ, त्यही कोट आज अत्यन्त जीर्ण अवस्थामा रहेकाले दु:ख कष्टमा सम्झने देवीलाई नै मन्दिरको संरचनाले पुर्न लागिसकेकाले यसको पुनर्निर्माण गर्नु पर्ने भएकाले अभियान अघि बढाइएको हो ।’

कसरी अघि बढ्यो अभियान ?

अमेरिका निवासी राजेन्द्र रेग्मी र गणेश क्षेत्रीको अग्रसरतामा सुरु भएको ‘खुर्काेट कोट कालिका सहयोगी मनहरु’ नामक फेसबुक समूहबाटै यो अभियानलाई पोखरामा रहेका यामबहादुर रेग्मीले अघि बढाउन ईच्छुक बने ।

यसै ग्रुपलाई ब्यापक बनाई संसारभरका खुर्काेटबासीहरुमाझ पु¥याई सबैसँग सहयोगको हात फैलाई मन्दिर निर्माणको गर्नुपर्छ भन्ने सोच रेग्मीमा आयो । त्यसपछि उनले दाइ पर्ने केश बहादुर रेग्मीलाई सम्पर्क गरी अमेरिकाबाट सहयोग संकलन सुरु हुने र मन्दिर पुनर्निर्माण कार्यलाई आवश्यक पहलकदमी लिन आग्रह गरे । यसमा केशबहादुर पनि सहमत भए । अमेरिकाबासी खुर्कोटेहरुसँगै संसारभरका खुर्कोटबासीलाई एकीकृत गर्दै सबै एकसाथ अघि बढे सपना साकार हुने ठानेर अघि बढे ।

अमेरिका बाट थालनी भएको यो ग्रुप आज खुर्काेटबासीमाझ संसारभर पुग्न सफल भएको छ । रेग्मीका अनुसार अमेरिकामा रहेकाहरुले प्रतिव्यक्ति ५ सय डलरदेखि १५ सय डलरसम्म संकलन गरी पठाएका छन् । यो न्यूज तयार पार्दासम्म अमेरिकाबाट यस अभियानको अभियन्ता राजेन्द्र रेग्मी मार्फत् ३० लाख बढी रकम संकलन भइसकेको छ । यस्तै, यामबहादुर आफै पोखरामा रहेर विभिन्न सहयोगीमनहरुबाट ८७ हजार बढी संकलन भइसकेको छ । अन्य ठाउँमा उठिरहेको छ । हरहिसाब पारदर्शी रुपमा फेसबुक पेज खुर्काेट कोट कालीका मन्दिर पुननिर्माण अभियान मार्फत सार्वजनिक गरिएको छ ।

मन्दिर निर्माणको लागि कार्ययोजना कस्ता छन् ?

मन्दिर निर्माणमा सम्भव भएसम्म स्थानिय बुद्धिजीवि, युवाहरुलाई भरपुर प्रयोग गरेर अगाडि बढाइने लक्ष्य लिइएको छ । मन्दिर पुननिर्माणको लागि सामाजिक सञ्जाललाई भरपुर प्रयोग गरिने र जसले संसारभर रहेका खुर्काेटबासीलाई एकताबद्ध भएर सहयोग गर्न टेवा पुग्ने उनीहरुको विश्वास छ ।

हाल सम्म पनि मन्दिरको बिधान र दर्ता नभएकाले बिधान बनाई दर्ताको प्रक्रियामा लगिने योजना राखेका छन् । मन्दिरको आफ्नै बैंक खाता खोल्ने र उठेको रकम खातामा जम्मा गर्ने तथा खर्चपनि त्यही खाताबाट पारदर्शी तरिकाले गर्ने उल्लेख गरेका छन् । मन्दिरको लागि हाल भईरहेको जग्गा प्रयाप्त नभएकाले सबैलाई मिलाएरसकेसम्म जग्गा थप्ने जुन काम जग्गा व्यवस्थापन समितिले गरेको छ अझै पनि अपुगको आश्वकता ठानेमा थपिने योजनामा छन् ।

मन्दिर निर्र्माणमा आधुनिकता भन्दा पनि परम्परागत पुरानो मौलिक संकृति झल्कने गरी बास्तु शास्त्रलाई अवलम्बन गरि ईञ्जिनियर, बिज्ञहरु तथा नयाँ पिढीलाई पनि समेटेर राय सल्लाह गरेर मात्र निर्माण गरिने बताएका छन् । मन्दिर पुनर्निर्माण पछि पर्यटकको समेत आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

अर्थ संकलन बिभागको सदस्यहरुमा राजेन्द्र बहादुर रेग्मी र गंगा बहादुर क्षेत्रीलाई आबद्ध गरेको रेग्मीले जनाएका छन् । १ करोड २० लाख बाह्य देशमा रहेका खुर्कोटबासीबाट सहयोग र ८० लाख सरकारी, स्थानिय चन्दा संकलन गरिने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ