दुई वटा ट्रक जुध्दा पोखराका विक सहित दुई जनाको मृत्यु

दुई वटा ट्रक जुध्दा पोखराका विक सहित दुई जनाको मृत्यु

death

महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुईवटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते छन् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार सोमबार राति साढे १२ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा पोखराका खिमबहादुर विक र मकवानपुरका राजकुमार न्यौपाने छन् ।

दुर्घटनामा परी दुई जना घाइते भएका छन् । उनीहरूको डन्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको हो ।

सहचालक विश्वास साही र घनश्याम खड्का घाइते भएका छन् । उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विपरीत दिशाबाट आउँदै गरेका ना३ख ३०११ र ना ७ ख ७०२३ नम्बरका ट्रक जुधेका हुन् ।

दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् ।

घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ