रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बनेको छ ।
पर्वतको फलेवास नगरपालिका–९ भङ्गरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । वैदेशिक रोजगारीले उनलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्कनु भएका सुवेदी त्यसपछि भने कहिल्यै विदेश गएनन् ।
त्यसपछि च्याउ खेतीमा लागेका सुवेदी हाल दाजुभाइ च्याउ फर्म सञ्चालन गर्दै यसको व्यावसायिक खेतीमा निरन्तर लागेका छ । “मलेसियाबाट फर्के लगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर शुरु गरेको च्याउ खेतीले अन्ततः मलाई यसको व्यावसायिक खेतीतर्फ आकिर्षत ग¥यो”, उनले भने, “त्यस यताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला छ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरेँ ।” यस वर्षदेखि पोखरा महानगरपालिका–३३ बागमारास्थित महाकाली चोकमा च्याउ खेती शुरु गरेको उनले जानकारी दिए ।
व्यावसायिक च्याउ खेतीमा राम्रो सम्भावना भएर नै आफूले डेढदशक यसैमा समय बिताएको अनुभव सुनाउँदै उनले कोरोना महामारी भन्दा अघिसम्म यस व्यवसायबाट मासिक रु दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । “कोरोना शुरु हुनुभन्दा अघिसम्म मासिक रु दुई लाखसम्म आम्दानी हुने गरे पनि कोरोना महामारीका कारण त्यसयता हालसम्म नै मासिक रु दुई लाखकै हाराहारीमा घाटा व्यहोर्दै आएको छु”, उनले भने , “आगामी दिनमा कोरोना महामारीको प्रभाव कम हुँदै व्यवसाय पूर्ववत् रुपमा फर्कने आशा गरेको छु ।”
कोरोना महामारीका कारण बीचमा भएको लकडाउनका कारण च्याउ खेतीका लागि आवश्यक पर्ने सामान ढुवानीलगायतमा समस्या झेल्नु परेको उनले सुनाए । बन्दाबन्दी पहिला च्याउ खेतीका लागि आवश्यक पर्ने पराल प्रति ट्रक रु ५० हजारमा पाइने गरेकोमा अहिले भने एक लाख पर्ने गरेको उनले जानकारी दिए ।
ट्रकमा पराल ढुवानीका क्रममा बाहिर निस्केमा सडक सुरक्षा जाँचका क्रममा जरिवाना तिर्नुपर्ने लगायतका झन्झटका कारण गाडीवाला पराल बोक्न गा¥हो मान्ने गरेको र ढुवानीमा बढी रकम तिर्नुपरेको उनले गुनासो सुनाए ।
कोरोना अघिसम्म आफूले १६ व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सुवेदीले अहिले चार जनालाई मात्र रोजगारी दिन सकेको बताए । “पहिले न्युनतम १०० वटासम्म च्याउका टनेल बनाएका थियौं”, उनले भने , “प्रत्येक दिन ३०० किलो च्याउ बजारमा पठाइन्थ्यो, अहिले १५ वटा मात्रै टनेल छन्, मुस्किलले दैनिक १०० किलो निकाल्न पनि धौधौ छ ।”
उनका अनुसार तामक्रमको सन्तुलन मिलाउन सकेमा च्याउ खेती बाह्रैमहिना गर्न सकिन्छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउ खेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उनले बताए ।
सुवेदीले हाल कन्ये र सिताके च्याउ लगाएका छ । बजारमा कन्ये च्याउ प्रतिकिलो २०० रुपैयाँ पर्छ भने सिताके च्याउ प्रति किलो ६०० रुपैयाँ पर्दछ । च्याउ लगाइएको तीन महिनामा उत्पादन दिने उनले बताए।
च्याउ खेतीका साथै आफ्नो फर्ममा प्राङ्गारिक तरकारीसमेत उत्पादन गर्ने गरेको उनले जानकारी दिए । राज्यका तर्फबाट कृषकलाई आकर्षित गर्ने किसिमका कार्यक्रम ल्याउनु आवश्यक भएको बताउँदै च्याउ सञ्जाल कास्कीका अध्यक्षसमेत रहेका सुवेदीले व्यावसायिकताको विकासका लागि निरन्तरको क्रियाशीलता र लगाव आवश्यक हुने उल्लेख गरे ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते
गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, स्याङ्जामा एक जनाको मृत्यु
कतारमा रहेका भीरकोटवासीद्वारा तीन बिरामी परिवारलाई आर्थिक सहयोग
१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ