नेपाली काङ्ग्रेस निकट संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्की क्षेत्र नम्बर एक रुपा गाउँपालिका ६ मा एक कार्यक्रम बिच नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार बसेको भेलाले उक्त समिती बनाएको हो
अधिवेशनले नेविसंघ क्षेत्र नम्बर एक को सभापतिमा सुमन सुवेदी, उपसभापति प्रदिप अधिकारी, सचीव खिमबहादुर कुमाल, कोषाध्यक्ष साजन थापा, सहसचिव सन्दीप थापा, सदस्यमा अब्दुल मियाँ, रेणु मगर, दिलिप गुरुङ, विष्णु गुरुङसहित १५ सदस्यीय समिती गठन गरेको छ ।
कास्की क्षेत्र नम्बर १ का नेविसंघ सभापति सागर रानाभाटले गुट, उपगुटको प्रत्यक्ष छायामा पर्दा गौरवशाली विद्यार्थी राजनीति संकटमा परेको बताए ।वर्तमान समस्याको समाधानभन्दा पार्टी र भातृ संस्था बिचको अलोकतान्त्रिक नेतृत्वप्रती युवा विद्यार्थी डटेर सामना गर्ने र यो अभियान रुपाबाट सुरु भएको उद्घोष गरे ।
रुपाका सबै गाउँ स्कुलमा नेविसंघ निमार्ण गर्दै विधि प्रक्रिया अन्तर्गत रुपामा छिट्टै अधिवेशन गरिने बताउदै संगठनका अराजक गतिविधिलाई निस्तेज पार्न रुपाबासिलाई अनुरोध समेत गरे । अर्का नेता विमान प्रधानले युवा विकल्प कुरेर बस्ने कि आफै विकल्प बन्ने फैसला लिने बेला आएको बताए । उनले नेविसंघमा सिधै पार्टीका नेताहरूको विधि विधान विपरीतको हस्तक्षेपले गाउँ कलेज र स्कुलपिच्छे समानान्तर समिती भएको र संगठन पेण्डुलम बनेको आरोप लगाए ।
नेविसंघ कास्कीका पुर्व सह सचीव राजीव भण्डारीले नेविसंघलाई व्यक्तिको पावर देखाउने भन्दा पनि संगठनको पावर देखाउने संस्था बनाउनुपर्ने बताए । ञ हरेक विद्यार्थीका छुट्टाछुट्टै पार्टीका नेता छन् । नेविसंघलाई गुण्डागर्दी गर्ने ठाउ बनाइयो । नेविसंघले नेविसंघ कुट्ने, अनुहार देख्नै नहुने, बोलचालै गर्न नहुने, यो कस्तो संघ हो रुझ उनले भने ।
नेविसंघलाई विद्यार्थी समस्या बुझ्ने र सुल्झाउने उनको मत छ । रुपा ६ का बिनोद ओझाको अध्यक्षतामा बसेको कार्यक्रम नेविसंघ कास्कीका नेत निरोज लामिछानेले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)