तनहुँको डुम्रे खोलामा माछा मार्न करेन्ट लगाउँदा बालकको मृत्यु

तनहुँको डुम्रे खोलामा माछा मार्न करेन्ट लगाउँदा बालकको मृत्यु

dead electric

बुधबार दिउँसो तनहुँको डुम्रे खोलामा माछामार्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

बन्दीपुर गाँउपालिका -४ डुम्रे खोलामा केन्द्रीय लाइनको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा बन्दीपुर–४ का १५ वर्षीय बालक स्वरुप तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।

गम्भीर घाइते तामाङलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ