जिल्लाको व्यासनगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ । कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो ।
करिब ४५ रोपनी क्षेत्रफलमध्ये बाह्र रोपनीमा भवन निर्माण गरिएको फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले जानकारी दिए। भवनको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । उनले भने, “भवन निर्माणपश्चात् करिब नौ महिनापछि औषधि बजारमा पुर्याउने योजना रहेको छ ।” करिब रु ५० करोड बराबरको लगानीमा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । उनले भने , “भुइँ तलामा औषधि उत्पादन गरिन्छ भने पहिलो तलामा ल्याब, औषधि अनुसन्धान केन्द्रलगायतका रहने छन् ।” उनका अनुसार भुइँ तला २० हजार वर्गफिट र पहिलो तला ११ हजार वर्गफिटको हुनेछ ।
“शुरुको वर्षमा मधुमेह, मुटु, नसासम्बन्धीका ट्याबलेट, क्याप्सुल र मलमजन्य ४० देखि ५० किसिमका औषधि उत्पादन गर्ने लक्ष्य रहेको छ”, उनले भने । औषधि विज्ञद्वारा औषधि उत्पादन क्षेत्रमा लगानी गरिएकाले गुणस्तर किसिमको औषधि उत्पादन हुनुका साथै सरल, सहज र सुपथ मूल्यमा बजारमा पुर्याइने उनको भनाइ थियो । नेपालमा उत्पादन नभएका नयाँनयाँ किसिमका औषधि उत्पादन गर्ने योजना कम्पनीको रहेको छ । उद्योगमा औषधि उत्पादन कार्य शुरु हुन थालेपछि बजार प्रतिनिधिसहित १०० को हाराहारीमा मानिसलाई रोजगारी दिन सकिने सो कम्पनीले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’