पोखराको चिप्लेढुंगा रहेको ‘गाउँशहर दोहोरी साँझ’ ले पहिलो वार्षिकोत्सव मनाउँदैछ । एक सातासम्म विविध कार्यक्रम गरी दोहोरी साँझले आफ्नो पहिलो वार्षिकोत्सव मनाउन लागेको हो ।
चिप्लेढुंगा स्थित आरके बिल्डिङमा रहेको यो दोहोरी साँझले फागुन २१ गतेदेखि २७ गतेसम्म चर्चित कलाकारलाई आमन्त्रण गरी गज्जबको प्रस्तुतिका साथ विशेष छुट समेत प्रदान गरिने एक सञ्चालक दिनेश केसीले जानकारी दिए ।
प्रथम वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि कम्प्लिमेन्ट्रीको व्यवस्था राखिएको छ । औपचारिक शुभारम्भको अवसरमा पनि गत वर्ष श्रष्टा सम्मानका साथ साताव्यापी कार्यक्रम गरिएको थियो । दोहोरी साँझमा नियमित गायक-गायिका सुमन केसी लगायतको प्रस्तुति हुनेछ ।
पोखरामा रहेका दोहोरी साँझमध्ये फराकिलो, सफा, ग्राहकमैत्री दोहोरी साँझका रुपमा गाउँशहर दोहोरी साँझ अघि बढिरहेको छ । यो दोहोरी साँझ आकर्षक रुपमा डेकोरेशन गरिएको छ ।
विदेश तथा स्वदेशमा श्रम गरी आफूलाई व्यवसायीका रुपमा उभ्याइसकेका युवा व्यवसायीहरुले झण्डै सवा करोड लगानी गरी यो दोहोरी साँझलाई अगाडि बढाएका हुन् । एकैपटक डेढ सय जनालाई सेवा प्रदान गर्न सक्ने सञ्चालक केसीले बताए ।











सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन