पोखराको चिप्लेढुंगा रहेको ‘गाउँशहर दोहोरी साँझ’ ले पहिलो वार्षिकोत्सव मनाउँदैछ । एक सातासम्म विविध कार्यक्रम गरी दोहोरी साँझले आफ्नो पहिलो वार्षिकोत्सव मनाउन लागेको हो ।
चिप्लेढुंगा स्थित आरके बिल्डिङमा रहेको यो दोहोरी साँझले फागुन २१ गतेदेखि २७ गतेसम्म चर्चित कलाकारलाई आमन्त्रण गरी गज्जबको प्रस्तुतिका साथ विशेष छुट समेत प्रदान गरिने एक सञ्चालक दिनेश केसीले जानकारी दिए ।
प्रथम वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि कम्प्लिमेन्ट्रीको व्यवस्था राखिएको छ । औपचारिक शुभारम्भको अवसरमा पनि गत वर्ष श्रष्टा सम्मानका साथ साताव्यापी कार्यक्रम गरिएको थियो । दोहोरी साँझमा नियमित गायक-गायिका सुमन केसी लगायतको प्रस्तुति हुनेछ ।
पोखरामा रहेका दोहोरी साँझमध्ये फराकिलो, सफा, ग्राहकमैत्री दोहोरी साँझका रुपमा गाउँशहर दोहोरी साँझ अघि बढिरहेको छ । यो दोहोरी साँझ आकर्षक रुपमा डेकोरेशन गरिएको छ ।
विदेश तथा स्वदेशमा श्रम गरी आफूलाई व्यवसायीका रुपमा उभ्याइसकेका युवा व्यवसायीहरुले झण्डै सवा करोड लगानी गरी यो दोहोरी साँझलाई अगाडि बढाएका हुन् । एकैपटक डेढ सय जनालाई सेवा प्रदान गर्न सक्ने सञ्चालक केसीले बताए ।











सम्बन्धित खबर
तनहुँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
पोखरामा भानु जयन्ती विविध कार्यक्रम गरी मनाइँदै
भूतपूर्व सैनिक तथा प्रहरी संगठन पोखरामा भोज बहादुर
रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न
र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा