पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार ह्विल चियर र दृष्टि विहिन महिला तथा पुरुष दौड सम्पन्न भएको छ ।
“१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” अन्तर्गत सम्पन्न प्रतियोगितामा ह्विल चियर पुरुषतर्फ शुरेस गौली प्रथम भएका छन् भने भरत अधिकारी दोस्रो र भरत विक्रम बानियाँले तेश्रो स्थान हात पारेका छन् । उनीहरुले क्रमशः ७, ५ र ३ हजार सँगै मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
ह्विल चियर महिला दौडतर्फ अन्जु बराल प्रथम भइन भने प्रवित्रा विक दोस्रो र धना मगरले तेश्रो स्थान हात पारेकी छन् । महिला ह्विल चियर दौडतर्फ विजेताले क्रमशः नगद ७, ५ र ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।
यसैगरी, दृष्टि विहिन पुरुष दौडतर्फको उपाधि सुनिल राना मगरले हात पारे । उनले उपाधि सँगै नगद ७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी, सोही स्पर्धामा प्रमोद दाहाल दोश्रो र प्रेम क्षेत्रीले तेश्रो स्थान हात पारे । उनीहरुले दुवैले क्रमशः ५ हजार र ३ हजारका साथमा मेडल र प्रमाणपत्र गरे ।
महिला दृष्टि विहिन दौडतर्फ विनिता पुन प्रथम भइन् भने माया गौतमले दोश्रो स्थान र सृजना परियार तेश्रो स्थान प्राप्त गर्दै क्रमशः नगद ७, ५ र ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
विजेताहरुलाई राष्ट्रिय खेलकूद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकूद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी लगाएतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यसअघि, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले प्रतियोगिताका निर्णायकहरुलाई झण्डा हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।
पोखरा म्याराथनलाई तमु धिं एशोसियसन यूकेको सहयोग
१५ औं सस्करणको पोखरा म्याराथनलाई यूकेको वृहत सामाजिक संस्था तमु धिं एशोसियसन यूकेले नगद २ लाख ७० हजार सहयोग गरेको छ । उक्त संस्थाका कोषाध्यक्ष एवम समाजसेवी कमल गुरुङले भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
सोही कार्यक्रममा उक्त संस्थाका लागि नेपालका प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले प्रतियोगिताका लागि नगद १५ हजार सहयोग गरेका छन । कार्यक्रममा सहारा यूकेका सल्लाहाकार लालकाजी गुरुङ र घान्द्रुक समाज यूकेका अध्यक्ष अर्जुन गुरुङको समेत सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो